२०८३ जेठ २९ , शुक्रबार 12, June 2026, Friday

देशमा छैन उल्लेखनीय मौसम प्रणालीको प्रभाव

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २६ गते आइतबार

कोसी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा आज (असोज २६) हल्का वर्षाको सम्भावना छ । यस दिन दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आंशिक बदली भनेको ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो । २५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्थालाई मुख्यतया सफा भनिने महाशाखाले जनाएको छ । यस दिन राति कोसी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । ‘हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन,’ महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतबार