विपिन जोशी रिहाइ नजिक देखिए पनि उनको स्थिति अझै अज्ञात रहेको छ । अमेरिकाको पहलमा भएको इजरायल–हमासबिचको पहिलो चरणको युद्धविराम सम्झौताले जोशीसहित बाँकी बन्धकको मुक्तिको बाटो खोलेको हो । उनी जीवित भएको आशासहित एक भिडियो समेत जारी भएको थियो ।

अज्ञात दुई जना
तर सीएनएनको पछिल्लो रिपोर्टमा विपिनको स्थिति ‘अज्ञात’ रहेको भनिएको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलको किबुत्स अलुमिममा आक्रमण गर्दा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी हालसम्म बाँचिरहेको विश्वास गरिए पनि, ४८ बन्धकमध्ये २६ को मृत्यु पुष्टि भइसकेको र विपिनको अवस्था अज्ञात रहेको समाचारमा जनाइएको छ ।

जीवित २० जना
जल तथा कृषि अध्ययनका लागि इजरायलमा रहेका २४ वर्षीय विपिन जोशी हाल हमासको बन्दीगृहमा रहेका छन् । गत सेप्टेम्बर २१ मा हमासले उनको ’अलबिदा फोटो’ सार्वजनिक गरेको थियो, जसले उनी जीवित रहेको संकेत दिएको थियो । साथै इजरायली सेनाले २०२३ मा खिचिएको भिडियो फेला पारेको छ, जसमा विपिन बन्दी अवस्थामा देखिएका छन् ।

मृतक २६ जना
तर यो भिडियो एक वर्ष पुरानो भएकोले हालको स्थिति स्पष्ट छैन । सीएनएनले विपिन र वर्षीय इजरायली नागरिक तामिर निम्रोदीको स्थिति ’अज्ञात’ भएको भन्दै इजरायली अधिकारीहरूले उनीहरूको जीवनप्रति ’गम्भीर चिन्ता’ व्यक्त गरेको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिको ‘ऐतिहासिक अवसर’को रूपमा प्रस्तुत गरेको यो सम्झौता अनुसार पहिलो चरणमा सोमबार जीवित २० बन्धक इजरायली रिहा हुनेछन् । यद्यपि विपिन जोशीसहित अन्य बन्धकको रिहाइमा ढिलाइ हुन सक्ने अनुमान छ । किनभने प्राथमिकता इजरायली नागरिकलाई दिइएको छ । यसअघि विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायलसम्म पुगेर विपिन रिहाइको अभियान चलाएका थिए ।
