२०८३ भदौ १० , बुधबार 26, August 2026, Wednesday

हुम्लामा बाक्लो हिमपात, आन्तरिक पर्यटक अलपत्र

अविरल हिमपातका कारण हुम्लाको न्यालु सडक अवरुद्ध हुन पुगेको छ । नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने यो सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरिरहेका आन्तरिक पर्यटकहरू अलपत्र परेका छन् ।

सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा पर्यटकहरूलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ । समुद्र सतहबाट पाँच हजार मिटरको उचाइमा रहेको न्यालु सडकमा जमेको हिउँ पन्छाउन चार दिन लाग्ने रावतले बताए । हिमपातका कारण लिमी उपत्यकाका तिल, हल्जी र जाङका बासिन्दा बढी प्रभावित भएका छन् ।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रबार