२०८३ असार २७ , शनिबार 12, July 2026, Sunday

नेपालकै लामो कर्णाली (गेरुवा) पुल (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । बर्दिया । २०८२ असोज २२ गते बुधबार

एक दशकअघि नै निर्माण गरी सञ्चालन भइरहेको १०१५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली (गेरुवा) पुल सञ्चालनसँगै सो क्षेत्रका स्थानका स्थानीयहरु लाभान्वित भएका छन् । बर्दियाको राजापुर नगरपालिका लगायत सो क्षेत्रका स्थानीयहरुले वर्षौंदेखि जोखिमपूर्ण ररूपमा नदी तर्न नाउ, ढुंगा प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

यस पुल नेपालकै लामो पुल मात्र नभई निर्माण गर्दासमेत लक्ष्यभन्दा नौं महिनाअघि नै सम्पन्न गरिएको हो । २०६७ कात्तिक १६ गतेदेखि निर्माण सुरु गरिएको पुल ०७२ असार मसान्तभित्र पूरा गर्ने सम्झौता थियो । लक्ष्यभन्दा निकै तीव्र गतिमा काम सम्पन्न भई तोकिएको समयभन्दा नौ महिना अगावै ०७१ भदौ मसान्तमा पुल निर्माण सम्पन्न भएको थियो ।

एक दशक अगाडिसम्म पुलको अभावमा गर्भवती, अशक्त, बिरामीलाई जुन समस्या हुन्थ्यो अब त्यो समाप्त भएकोमा स्थानीय खुसी भएका छन् । सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिममा बनेको पुलको चौडाइ ९ मिटर १० सेन्टिमिटर डबल लेनको फुटपाथसमेत छ । पुल निर्माणपछि राजापुर क्षेत्रका करिब दुई लाखभन्दा बढी जनता लाभान्वित भएका छन् ।

स्रोत : प्रकाशचन्द्र तिमिल्सिना । नेपाल फोटो लाइब्ररी
प्रकाशित मिति : २०८२ असोज २२ गते बुधबार