२०८३ भदौ १ , सोमबार 17, August 2026, Monday

अभिभावकको आग्रह अटेर गर्दा गुम्यो ज्यान

सत्यपाटीसत्यपाटी । भक्तपुर । २०८२ असोज २० गते सोमबार
हराइरहेका सुनिता श्रेष्ठ, संस्कृति श्रेष्ठ र किसन श्रेष्ठ (बायाँ)को फाइल तस्वीर । पीडामा रहेका बुबा कृष्णबहादुर श्रेष्ठ ।

रसुवाको लाङटाङ घुम्न गएका एकै परिवारका तीन जनासहित भक्तपुरका चारजना परिवारको आग्रहलाई अटेर गरी घुम्न गएको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता बेपत्ता भएका परिवारले घुम्न नजानु भन्दाभन्दै घुम्न गएकाले अहिलेसम्म पनि उनीहरु बेपत्ता नै छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नंं ४ (दघिकोट) कृष्ण र सरिता श्रेष्ठका दुई छोरी २६ वर्षीया सनिता श्रेष्ठ, २२ वर्षीया संस्कृति र छोरा २० वर्षीय किसन श्रेष्ठ एकै परिवारका हुन् । त्यस्तै तथा भक्तपुर नगरपालिका १० का २३ वर्षीय रवि श्रेष्ठ पनि बेपत्ता छन् ।

घरपरिवारले अहिले मौसम ठिक छैन दसैं सकिएपछि घुम्न जानु भनेर भन्दा भन्दै पनि उनीहरु घुम्न निस्कएका हुन् । बेपत्ता सुनिता, संस्कृत र किसनका बुबा कृष्ण श्रेष्ठले अहिले नजानु मौसम ठिक छैन भन्दा भन्दै अटेर गरेर घुम्न गएको बताए ।

श्रेष्ठले भने, ‘मैले र आमा चाहिँले नै नजानु भनेको हो छोराछोरीहरु एकजुट भएर हामी जान्छौं भने ।’ कुल १६ जनाको टोलीमा १२ जना भने सकुसल नै छन् । लाङटाङ जाने क्रममा शनिबार साँझ रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्साले बगाउँदा उनीहरु बेपत्ता भएका हुन् । आफ्ना दुई छोरी र छोरा वेपत्ता भएपछि आमा सरिता श्रेष्ठ भावविह्वल छिन् ।

पीडामा रहेका परिवारलाई सान्त्वना दिने शुभ चिन्तकको घुँइचो लागेको छ । आमाबुबाले आफ्ना छोरा छोरीको खोजी कार्यलाई अझै तीव्र बनाइदिन सुरक्षा निकायसँग आग्रह गरेका छन् । उनीहरुको खोजी कार्यलाई सुरक्षा निकायले जारी राखेको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार एकजनालाई खोलाले बगाएपछि बचाउन खोज्दा एकपछि अर्को बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २०८२ असोज २० गते सोमबार