२०८३ असार २ , मंगलबार 16, June 2026, Tuesday

हेलिकप्टरबाट चार गर्भवतीको उद्धार

सत्यपाटीसत्यपाटी । इलाम । २०८२ असोज २० गते सोमबार

नेपाली सेनाको हेलिकप्टरबाट चार जना गर्भवतीको उद्धार गरिएको छ । इलामको माईजोगमाई–५ सिरसिरे, इलामको सन्दकपुर–१ छाँगे, पाँचथरको फिदिम–१२ पुल भञ्ज्याङ र सङ्खुवासभाको भोटखोला–३ हुङगुङबाट चार जना गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत गर्भवतीको उद्धार गरिएको हो । हाल उनीहरूलाई झापाको बी एन्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल, विराटनगर पुर्याइएको छ ।

प्रकाशित मिति : २०८२ असोज २० गते सोमबार