२०८३ जेठ ३० , शनिबार 14, June 2026, Sunday

राजमार्ग खुले तर जाम उस्तै (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २० गते सोमबार

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग आजदेखि सुचारु भएसँगै धादिङको बेनीघाटमा सवारीसाधनको चाप बढेको छ । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने अनुमानसहित शनिबार रातिदेखि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावत बन्द गरिएको थियो । तर आज बिहान ६ बजेदेखि यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । जसका कारण सवारीसाधनको चाप बढेको हो ।

प्रकाशित मिति : २०८२ असोज २० गते सोमबार