२०८३ साउन २ , शनिबार 18, July 2026, Saturday

पहिरोमा पुरिएर तीन जिल्लामा २२ जनाको मृत्यु, ३२ बेपत्ता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १९ गते आइतबार

अविरल वर्षाका कारण पहिरोमा परी तीन जिल्लाका विभिन्न ठाउँमा २२ जनाको मृत्यु भएको छ । शनिबार र आइतबार पहिरोमा परी उदयपुर, रौतहट र इलाममा २२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, पहिरोमा परी इलाममा मात्रै १८ जनाको मृत्यु भएको छ । सातजना बेपत्ता र ६ जनालाई उद्धार गरिएको घिमिरेले बताए । रौतहट तीनजनाको पहिरोमा परेर मृत्यु भएको छ । उदयपुरमा एकजनाको मृत्यु र २१ जना बेपत्ता छन् ।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतबार