वर्षाका कारण शनिबारदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको हो । आज बिहानबाट नेपालगन्ज र भद्रपुरमा काठमाडौंबाट उडान भइसकेको छ ।
पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको भन्ने आएपछि आन्तरिक उडान सुरु गरिएको विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडान भने शनिबार बेलुकीदेखि नै नियमित छ । उडान रद्द हुँदा यात्रुहरू विमानस्थलमा अलपत्र परेका थिए ।
प्रकाशित मिति : २०८२ असोज १९ गते आइतबार
सत्यपाटी