२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

आज पनि चल्दैनन् लामो दूरीका सवारीसाधन

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ असोज १९ गते आइतबार

देशभर भारी वर्षाको जोखिम टरिसकेको छैन् । आइतबार दिउँसोबाट कोसी प्रदेशमा भारी वर्षा हुने जन तथा मौसम विज्ञान विभागले बताएको छ । शनिबार भएको भारी वर्षाका कारण कोसी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा सडक अवरुद्ध भएका छन् ।

सरकारले १८ देखि २० असोजसम्मको लागि लामो दूरीका सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको छ । त्यसैगरी, काठमाडौं उपत्यकाबाट बाहिन र भित्रन पनि ट्राफिक प्रहरीले दिएको छैन ।

मनसुनजन्य प्रकोपका कारण निम्तिन सक्ने जोखिमलाई ध्यान दिएर लामो दूरीको सवारी आवागमनमा कडाई गरिएको छ । शनिबार विहानै हिडेका कतिपय यात्रुहरु भने बीच बाटोमा अलपत्र परेका छन् । कतिपयले प्रहरीले सुरक्षित स्थानतर्फ पठाएको बताएको छ ।

ठूला राजमार्गहरुमा ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको छ भने कतिपय ठाउँमा पुल बगेका छन् । ती ठाउँमा सडक सुचारु हुन समय लाग्ने छ । यता काठमाडौँ उपत्यकामा भने केही बेर अघिबाट वर्षा हुन रोकिएको छ ।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतबार