२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

वर्षा गराउने प्रणाली कोशी प्रदेशतिर सर्‍यो

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ असोज १९ गते आइतबार

काठमाडौ उपत्यकामा ठूलो वर्षाको संकट अहिलेका लागि टरेको मौसमविद्हरुले बताएका छन् । काठमाडौमा आज विहानैदेखि वर्षा रोकिएको छ । तर, वर्षा गराउने प्रणाली भने कोसी प्रदेशतिर सरेको छ । कोसी प्रदेशका जिल्लामा भने भारी वर्षा हुन सक्ने भएकाले उच्च सावधानी अपनाउनुपर्ने मौसमविद्हरुले बताएका छन् ।

वरिष्ठ मौसमविद मीनकुमार अर्यालका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षा पार्ने प्रणाली कमजोर भइसकेको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव भने अझै कायम छ । अहिले वर्षाको मुख्य प्रणाली कोशी प्रदेशतिर सरिसकेको उनले बताए ।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतबार