२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

आज र भोलि देशभर सार्वजनिक बिदा

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ असोज १९ गते आइतबार

सरकारले आज र भोलि सार्वजनिक बिदा दिएको छ । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले आज आइतबार र भोलि सोमबार थप दुई दिन बिदा दिएको हो ।

गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र जसका कारण आइपर्न सक्ने परिस्थितिलाई मध्यनजर गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा निर्णय गरिएको उल्लेख छ ।

सम्भावित जोखिमका कारण जनधनको क्षति हुन सक्ने देखिएकाले सुरक्षाको दृष्टिले देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ । दशैँ बिदापछि आइतबारदेखि कार्यालय खुल्ने तयारी रहेकै बेला दुई दिन बिदा थप गरिएको हो ।

सरकारी कार्यालयहरू आजदेखि खुल्ने तय भए पनि शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतबार