२०८३ साउन २ , शनिबार 18, July 2026, Saturday

मौसम सुधार नआएपछि बुद्ध एयरका सबै उडान रद्द

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १८ गते शनिबार

मौसममा सुधार नआएपछि बुद्ध एयरले आजका सबै उडानहरू रद्द गरेको छ ।

कम्पनीले जारी गरेको सूचनामा देशभरको मौसममा सुधार नआएकाले शनिबारका लागि तय गरिएका सम्पूर्ण उडान सञ्चालन गर्न नसकिएको उल्लेख छ ।

बुद्ध एयरले उडान पुनः निर्धारण वा रिफन्डका लागि आफ्नो ट्राभल एजेन्सी, अनलाइन पोर्टल वा कल सेन्टरमा सम्पर्क गर्न सम्बन्धित यात्रुलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिबार