२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

मनसुनजन्य विपद् व्यवस्थापन र उद्धार गर्न सशस्त्र प्रहरी खटियो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १८ गते शनिबार

सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि दुई हजार ६६१ जनशक्ति परिचालन गरेको छ । शनिवार बिहानदेखि शुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न दुई हजार ६६१ जनशक्ति खटाएको हो ।

सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सशस्त्र प्रहरी बलका नायव उपरीक्षक लक्ष्मण बस्नेतले ३३२ स्थानमा दुई हजार ६६१ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटाएको बताए । विभिन्न नदी तटीय क्षेत्र, राजमार्ग, समुदायमा गएर माइकिङ गर्ने सचेतनाका लागिदेखि उद्धारका सामग्रीसहित परिचालन भइरहेको जानकारी दिए ।

हालसम्म कुनै पनि गम्भीर किसिमको घटनाको सूचना प्राप्त नरहेको बताए । ५० मिटर जति नदीले सडक कटान गरेको ठाउँमा बाँसहरु लगाएर बोराहरु हाल्ने काम भएको बताए । १२९ वटा र्‍याफ्टिङहरु कोशी, गण्डकी, वागमती प्रदेशहरुमा, मधेस प्रदेशमा परिचालन गरिएको पनि बताए ।

उद्धार टोली र एम्बुलेन्सहरु सबै स्ट्याण्डबाइ राखिएको बताए । ६७ जिल्लाका विभिन्न स्थानहरुमा माइकिङ गरेर सचेत रहनका लागि अनुरोध गरिरहेको जानकारी दिए । उनले सामाजिक सञ्जालमार्फत मनसुन सचेतनाका लागि सामग्रीहरु पठाएर सतर्क पारिएको बताए ।

उनले तीन हजार ६३६ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई अहिलेको अवस्थामा विभिन्न उपकरणसँगै उद्धारमा जुट्न तयारी अवस्थामा रहन निर्देशन दिएको बताए । हिमाली क्षेत्रमा पुगेका पर्यटकलाई हिमपात हुनसक्ने पूर्वानुमानअनुसार सुरक्षित स्थानमा फर्किन आग्रह गरिएको बताए ।

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिबार