२०८३ भदौ १ , सोमबार 17, August 2026, Monday

आज दिउँसो र राति झनै बढी वर्षा हुने चेतावनी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १८ गते शनिबार

पछिल्लो पछिल्लो १२ घण्टादेखि मधेश र बागमती प्रदेशमा निरन्तर वर्षा भएपनि आज दिउँसो र राति अत्याधिक वर्षाको हुने चेतावनी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक बिनोद पोखरेलले आज दिउँसो र राति अझै ठूलो वर्षा हुने संभावनाको चेतावनी दिएका हुन् । बिरगंजमा पछिल्लो १२ घण्टामा ८८ मिलिमिटर वर्षा भएको छ ।

त्यसैगरी काठमाडौं उपत्यकामा सबैभन्दा गोदावरीमा ४९ मिलिमिटर वर्षा मापन गरिएको छ । रौतहटको गौरमा ६८ र बाराको निजगढमा ६७ र कलैयामा ७३ मिलिमिटर वर्षा भएको छ । पछिल्लो एक घण्टामा भने सिराहा, सप्तरी र उदयपुर क्षेत्रमा पानी परेको छ ।

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिबार