२०८३ साउन १ , शुक्रबार 18, July 2026, Saturday

उपत्यकाबाट बाहिरिन र भित्रिन तीन दिनसम्म रोक

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १८ गते शनिबार

सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन तीन दिनसम्म रोक लगाएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद कार्यप्रमुख रामबहादुर केसीले यात्रामा जोखिम रहेको भन्दै काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन तीन दिनसम्म रोक लगाइएको जानकारी दिएका हुन् ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ । शुक्रबाररातिबाट देशभर अविरल वर्षा भइरहेको छ । वर्षाका कारण आन्तरिक उडान समेत बन्द भएको छ ।

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिबार