पहिरोले अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक खण्डमा एकतर्फी सवारी सञ्चालन आएको छ । जवाङ खोलामा खसेको पहिरो हटाएर यातायात खुलाइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
तुइनखोला पुलनजिक खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडकमा भने एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ । तुइन खोलामा दशैँ शुरु भएदेखि नै पहिरो जाने क्रम रोकिएको छैन ।
देशैभर सचेतना अपनाउन भन्दाभन्दै पनि विशेष परिस्थितिका कारण यात्रा गरिरहेका यात्रुहरु अलपत्र परेका छन् । देशैभरका स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरिरहेका छन् ।
प्रकाशित मिति : २०८२ असोज १८ गते शनिबार
सत्यपाटी