२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

आन्तरिक हवाई भाडादर, काठमाडौंबाट धनगढी १७,५७९, नेपालगन्ज १३,१०३ रुपैयाँ

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १७ गते शुक्रबार

दशैंको चापलाई लक्षित गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ । चाडपर्वको बेला वायु सेवा कम्पनीहरूले मनपरी भाडा उठाउने क्रम रोक्न प्राधिकरणले अधिकतम भाडा सीमा निर्धारण गर्दै, त्यसभन्दा बढी शुल्क लिने कम्पनीलाई कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

सरकारबाट स्वीकृत भाडादरभन्दा बढी रकम लिएको पाइएमा वायु सेवा प्रदायक कम्पनीहरूमाथि कडा कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणले तोकेको सूचीअनुसार सबैभन्दा बढी भाडा काठमाडौं–धनगढी उडानको १७ हजार ५७९ रुपैयाँ रहेको छ भने सबैभन्दा कम भाडा काठमाडौं–सिमरा उडानको ३ हजार ९७८ रुपैयाँ तोकिएको छ ।

चाडबाडको अवसर पारेर विगतमा हवाई कम्पनीहरूले सामान्यभन्दा दोब्बरसम्म भाडा असुलेको गुनासो आउँदा, यसपटक प्राधिकरणले अग्रिम रूपमा उच्चतम सीमा तोकेको हो । प्राधिकरणले यात्रुहरूलाई पनि सचेत रहन आग्रह गर्दै स्वीकृत भाडादरबारे जानकारी लिएर मात्र टिकट काट्न अनुरोध गरेको छ ।

यस्तो छ तोकिएको अधिकतम हवाई भाडादर

काठमाडौं–सिमरा – ३,९७८ रुपैयाँ

काठमाडौं–भरतपुर – ४,६४३ रुपैयाँ

काठमाडौं–जनकपुर – ५,४७० रुपैयाँ

काठमाडौं–पोखरा – ६,६३५ रुपैयाँ

काठमाडौं–तुम्लिङटार – ७,६३० रुपैयाँ

काठमाडौं–राजविराज – ८,२१० रुपैयाँ

काठमाडौं–भैरहवा – ८,४६१ रुपैयाँ

काठमाडौं–सुर्खेत – ९,०३० रुपैयाँ

काठमाडौं–विराटनगर – ९,७८५ रुपैयाँ

काठमाडौं–भद्रपुर – १२,११२ रुपैयाँ

काठमाडौं–नेपालगन्ज – १३,१०३ रुपैयाँ

काठमाडौं–धनगढी – १७,५७९ रुपैयाँ

प्रकाशित मिति : २०८२ असोज १७ गते शुक्रबार