२०८३ साउन ४ , सोमबार 21, July 2026, Tuesday

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १७ गते शुक्रबार

हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको छ । आज देशभर साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (असोज १७) दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भू–भागहरू र मधेस प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराइ, कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राती पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग र मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

प्रकाशित मिति : २०८२ असोज १७ गते शुक्रबार