२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

राष्ट्रपतिले लगाए गुरु पुरोहितबाट दशैँको टीका

राष्ट्रपति रामचन्द्र पौडेलले गुरू पुरोहितको हातबाट दशैँको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा बिहीबार राष्ट्रपति पौडेलले दशैंको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका र प्रसाद ग्रहण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन आज हनुमान ढोका दरबारका गुरू देवराज अर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टीका र जमरा ग्रहण गरेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएका राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाइदिएका थिए ।

प्रकाशित मिति : २०८२ असोज १६ गते बिहीबार