२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

मन अमिलो बनाएर दशैंको टीकाकै दिन बिदेसिनेहरू (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १६ गते बिहीबार

विजयादशमीको दिन पनि मन अमिलो बनाउँदै नेपालीहरू विदेश जानुपर्ने बाध्यतामा छन् । आफ्नो सुनौलो भविष्यका लागि भए पनि टीकाकै दिन पनि उनीहरू बिदेसिएका हुन् । ‘नेपालमा बसेर परिवारसंग दशैँ मनाउन मन भए पनि आफ्नो भविष्यको लागि सोचेर भए पनि विदेश जानैपर्नेछ । परिवारसँग टाढिनु परे पनि जानैपर्नेछ,’ त्रिभुवन विमानस्थलमा विदेश जान परिवारसँग बिदा हुँदै गरेका एक जनाले भने ।

निधारमा रातो टीका र शीरमा जमरा लगाएर भए पनि बिदा हुनुअघि केहीले दशैँ मनाएर विदेश भासिएका छन् । ‘सुनौलो भविष्यका लागि भए पनि विदेश पठाउनुपर्ने बाध्यता छ । चाडपर्वमा सँगै बस्ने चलन भए पनि यसरी बिदाई गर्नुपर्ने बाध्यता छ,’ आफ्नो सन्तानलाई बिदाई गर्न आएका एक अभिभावकले मलिन स्वरमा भने ।

प्रकाशित मिति : २०८२ असोज १६ गते बिहीबार