२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

जेनजी आन्दोलन असर, पर्यटक बोक्ने गाडी रित्तै

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १४ गते मंगलबार

जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको छ । आन्तरिक पर्यटकहरू आन्दोलनको त्रासले बाहिर ननिस्किँदा र बाह्य पर्यटकहरू नेपालकै अनिश्चित परिस्थिति नियालीरहेका कारण यात्रु संख्यामा तीव्र कमी आएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष एनकुमार साईका अनुसार आन्दोलनअघि पृथ्वी राजमार्ग हुँदै दैनिक सयभन्दा बढी पर्यटक यात्रा गर्ने गर्थे, तर अहिले बसहरू यात्रु नपाएर अलपत्र छन् । तिहारपछि अझ ठूलो आन्दोलन हुने आशंकाले पनि मानिसहरू बाहिर ननिस्किएको उनले बताए ।

यातायात व्यवसायीहरू यात्रुलाई गन्तव्यसम्म सुरक्षित पुर्याउनेतर्फ सचेत रहेको भन्दै उनले चर्को भाडा नलिने, ओभरलोड नगर्ने र यात्रुले काउण्टरमै गएर टिकट काट्ने व्यवस्था कायम गरिएको जानकारी दिए । तोकिएको भाडाभन्दा बढी लिने भेटिए कारबाही गर्ने चेतावनी समेत उनले दिएका छन् ।

प्रकाशित मिति : २०८२ असोज १४ गते मंगलबार