केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले कांग्रेस नेतृ आरजु राणा देउवाका बाबुआमा बस्ने घरमा समेत छापा हानेको छ । आइतबार साँझ आरजुका भाइ भूषणको घरमा छापा हानेकोमा लगत्तै उनका बुवाआमा बस्ने घरमा पनि छापा हानेको सीआइबी स्रोतको भनाइ छ ।
दुबै घर ललितपुरको जावलाखेलमा रहेको बताइएको छ । खानतलासी गरेर प्रहरीले केही कागजात नियन्त्रणमा लिएको छ कि छैन भन्नेबारे खुलाएको छैन । नक्कली शरणार्थी प्रकरणदेखि अन्य डिलमा आरजुले भाइलाई मध्यस्तकर्ताको भूमिकामा राखेको सीआइबीको आशंका छ ।
प्रकाशित मिति : २०८२ असोज १३ गते सोमबार
सत्यपाटी