२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

नेतृत्व पुस्तान्तरण गर्ने माधव नेपालको सुर !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १३ गते सोमबार

नेकपा एकीकृत समाजवादीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार पारेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अपानीमा आन्तरिक लोकतन्त्र सुदृढ गर्ने, कमीकमजोरी सुधार गर्ने र नेतृत्व हस्तान्तरणलाई प्राथमिकता दिइएको बताइएको छ ।

पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता, रणनीतिक लक्ष्य समाजवाद, र नेपाली विशेषतासहित समाजवादी कार्यक्रम अंगिकार गर्ने भन्ने आधारमा तयार गरिएको छ । समान वैचारिक दृष्टिकोण भएका समूह र दलसँग एकता गर्दै माक्र्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त मानिने उल्लेख छ ।

पार्टीले नेपाली जनता र पुँजीपति वर्गबीचको अन्तरविरोध समाधान, नवउपनिवेशवादको विरोध, र वामपन्थी तथा समाजवादी पार्टीसँग एकता गर्ने नीति अवलम्बन गर्ने जनाएको छ । यसक्रममा अशोक राई नेतृत्वको जसपा, नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपासँग छलफल भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८२ असोज १३ गते सोमबार