२०८३ भदौ १ , सोमबार 17, August 2026, Monday

प्रधानमन्त्री कार्कीले यस वर्ष दशैंको टीका जमरा नलगाउने

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १३ गते सोमबार

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दशैंको टीका जमरा नलगाउने घोषणा गरेकी छन् । जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको भन्दै यस वर्ष बडा दशैंको टीका जमरा नलगाउन सचिवालयले सोमवार जारी गरेको वक्तव्यमा उल्लेख छ ।

‘बडा दशैं प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, यसबर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दशैंको टीका जमरा नलगाउनु हुने र देश बासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ ।’

प्रकाशित मिति : २०८२ असोज १३ गते सोमबार