२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १३ गते सोमबार

निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाई भूषण राणाको घरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले छापा मारेको छ । सिआइबीका स्रोतका अनुसार उनको घरबाट केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिइएको छ ।

भूषण राणा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका सालो हुन् । सिआइबीका अनुसार, छापा मार्ने कारण स्रोत नखुलेको रकम र आर्थिक लेनदेनसँग सम्बन्धित कागजात हुनसक्ने आधारमा थियो ।

भूषण राणामाथि ठुला ठेक्का र नियुक्ति प्रक्रिया सम्बन्धी डिल गर्ने आरोप पहिले नै उठ्दै आएको थियो । साथै, आरजु राणाको आर्थिक गतिविधिहरूसँग पनि उनको सम्बन्ध रहेको आरोप लाग्दै आएको छ ।

विशेषगरी, आरजु राणाले कतिपय व्यापारिक डिलहरूमा भूषणलाई प्रतिनिधिको रुपमा खटाउने गरेको आरोप लगाइएको थियो । सिआइबी अहिले संकलित कागजातहरूको अध्ययन गर्दैछ ।

एक उच्च अधिकारीका अनुसार, यदि प्रमाण पुष्टि भएमा आवश्यक कानूनी प्रक्रिया अघि बढाइनेछ । यो छापा गुप्त सूचनाको आधारमा मारेको बताइएको छ र यसले केही महत्त्वपूर्ण प्रमाणहरू खुलासा गर्न सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : २०८२ असोज १३ गते सोमबार