२०८३ साउन ४ , सोमबार 21, July 2026, Tuesday

टिकटकर आँचलले किन गरिन् आत्मदाह ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १२ गते आइतबार

टिकटकर आँचल नाथको मृत्यु प्रकरणमा प्रहरीले उनका प्रेमी भनिएका युवकलाई नियन्त्रणमा लिएको छ । बिहीबार जडबिुटीस्थति एक ग्यारेजमा आगो लागेर गम्भीर घाइते भएकी २२ वर्षीया आँचलको शुक्रवार उपचारका क्रममा काठमाडौं मेडकिल कलेजमा निधन भएको थियो ।

प्रहरीले उनले आत्मदाह गरेको निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी परसिर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आत्मदाहको भिडियो फुटेज सुरक्षित छ, तर उनलाई ग्यारेजसम्म कसले र किन पुर्यायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ । आँचलका परिवारले आत्महत्या दुरुत्साहनको जाहेरी दिएपछि प्रेमी भनिएका युवक पक्राउ परेका छन् ।

साथै, आँचलको डेरा नजिकै बस्ने एक महिलासँग उनको भनाभन भएको र तिनै महिलाले सञ्चालन गरेको ग्यारेजमा घटना भएकाले प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको थियो । परिवारले ती महलिामाथी शङ्का गरेका छन् । आँचलले पछिल्लो समय टिकटकमा निराशाजनक पोस्टहरू राख्दै आएकी थिइन् ।

चार दनिअघि उनले लेखेकी थिइन्, ‘मेरो त हरेक चिजदेखि मन मरिसक्यो ।’ कञ्चनपुर, कृष्णपुर–२ की बासिन्दा आँचल युरोपमा वैदेशिक अध्ययनका लागि भिसा लगाइ सकेर जाने तयारीमा थिइन् । अविवाहित रहेकी उनको टिकटकमा एक लाख २० हजार फलोअर्स थिए ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतबार