२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

दशैंमा चङ्गा उडाएर रमाउँदै बालबालिका (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १२ गते आइतबार

बडादशैँ सुरु भएसँगै काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानका आकाश चङ्गाले रंगिन देखिन थालेका छन् । बालबालिका घरको छत र खुला ठाउँमा भेला भएर चङ्गा उडाउँदै रमाइरहेका छन् ।

एक समय यस्तो थियो, जब दशैँ-तिहार सुरु हुनुभन्दा धेरै अघिदेखि नै काठमाडौंको आकाश चङ्गाले ढाकिन्थ्यो । तर पछिल्लो समय चङ्गा उडाउनैपर्ने भन्ने संस्कृति विस्तारै कम हुँदै गएको देखिन्छ । यद्यपि, अझै पनि धेरै बालबालिका र युवाहरूका लागि चङ्गा उडाउनु दशैंको रमाइलोको एउटा महत्वपूर्ण हिस्सा बनेको छ ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतबार