२०८३ असार १२ , शुक्रबार 26, June 2026, Friday

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १२ गते आइतबार

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । शनिबार निधारित विनिमयदरमै आज पनि विदेशी मुद्राहरुको काराोबार हुनेछ ।

आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो । यही असोज ८ गते अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा पुगेको थियो । अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो ।

त्यस्तै आज युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९६ पैसा छ, पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा छ भने आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८२ पैसा छ । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६३ रुपैयाँ २७ र बिक्रीदर ४६५ रुपैयाँ २४ पैसा छ ।

हिजो कुबेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ५१ र बिक्रीदर ४६५ रुपैयाँ ४७ पैसा थियो । आज बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३१ पैसा छ । यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेका सबै मुद्राको विनिमय दर

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 141.66 142.26
eur (European Euro)
1 165.26 165.96
gbp (UK Pound Sterling)
1 189.09 189.89
chf (Swiss Franc)
1 177.08 177.83
aud (Australian Dollar)
1 92.43 92.82
cad (Canadian Dollar)
1 101.51 101.94
sgd (Singapore Dollar)
1 109.48 109.95
jpy (Japanese Yen)
10 9.46 9.50
cny (Chinese Yuan)
1 19.85 19.93
sar (Saudi Arabian Riyal)
1 37.77 37.93
qar (Qatari Riyal)
1 38.87 39.03
thb (Thai Baht)
1 4.39 4.41
aed (UAE Dirham)
1 38.57 38.73
myr (Malaysian Ringgit)
1 33.56 33.70
krw (South Korean Won)
100 10.04 10.08
sek (Swedish Kroner)
1 14.97 15.03
dkk (Danish Kroner)
1 22.14 22.24
hkd (Hong Kong Dollar)
1 18.21 18.29
kwd (Kuwaity Dinar)
1 463.27 465.24
bhd (Bahrain Dinar)
1 375.72 377.31
omr (Omani Rial)
1 367.93 369.49
प्रकाशित मिति : २०८२ असोज १२ गते आइतबार