२०८३ असार २ , मंगलबार 16, June 2026, Tuesday

डिभी आवेदन भर्दा अब तिर्नुपर्नेछ एक डलर शुल्क

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ११ गते शनिबार

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि अबदेखि आवेदन फारम भर्दा एक अमेरिकी डलर शुल्क तिर्नुपर्ने भएको छ । यसअघि फारम भर्दा कुनै शुल्क लाग्दैनथ्यो । अमेरिकी विदेश मन्त्रालयले फेडरल रजिष्टरमार्फत सार्वजनिक गरेको सूचना अनुसार, धोकाधडी नियन्त्रण गर्न र प्रशासनिक खर्च व्यवस्थापन गर्न विश्वभरका सबै आवेदकबाट न्यूनतम शुल्क लिने निर्णय गरिएको हो ।

यो नियम सन् २०२७ को डिभी लट्री कार्यक्रमदेखि लागू हुनेछ, जसको आवेदन प्रक्रिया सन् २०२५ को अक्टोबरमा सुरु हुनेछ । फारम भर्दा पासपोर्ट अनिवार्य हुने र भिसा पाउँदा तिर्नुपर्ने ३३० डलरको शुल्क भने यथावत रहनेछ ।

भुक्तानी प्रक्रियामा अमेरिकी सरकारको आधिकारिक अनलाइन पोर्टलमार्फत भिसा कार्ड, मास्टर कार्ड, पेपल वा अमेरिकन एक्सप्रेस प्रयोग गर्न सकिने व्यवस्था हुनेछ । नेपालमा भने प्रायः भिसा वा मास्टर कार्ड नै प्रयोगयोग्य हुने बताइएको छ । शुल्क तिरेपछि मात्र फारम सबमिट हुने भएकाले आवेदकले पहिले नै कार्डको भुक्तानी सीमाबारे स्पष्ट हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज ११ गते शनिबार