२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

दशैँका लागि बेच्न थालियो च्याङ्ग्रा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १० गते शुक्रबार

दशैँ लागेसँगै मुस्ताङ क्षेत्रबाट उपत्यका ल्याइएका च्याङ्ग्रा बेच्न शुरु गरिएको छ । भक्तपुरको सल्लाघारी चौरमा विक्री कक्ष सञ्चालन गरी च्याङ्ग्रा बेच्न शुरु गरिएको हो ।

मुस्ताङका विभिन्न क्षेत्रबाट संकलन गरी १२ औं दिन उपत्यका ल्याइएका च्याङ्ग्राको मूल्य प्रतिकेजी एक हजार २५० रुपैयाँ निर्धारण गरिएको व्यापारी रमेश श्रेष्ठले जानकारी दिए ।

यो वर्ष सरकारले खसी, बोका, भेडा च्याङ्ग्रा दशैँका लागि विक्री वितरण नगर्ने भएसँगै सर्वसाधारणले केही महँगो मूल्यमा किन्नुपर्ने अवस्था आएको छ । दशैँमा खसी, बोका र च्याङ्ग्राको माग पनि राम्रो रहेको व्यापारीहरू बताउँछन् ।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार