२०८३ जेठ ३० , शनिबार 13, June 2026, Saturday

दशैँ टीकाको दिनबाहेक अन्य दिन अध्यागमन विभाग खुला

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ९ गते बिहीबार

अध्यागमन विभागले बडादशैँको सार्वजनिक बिदाको अवधिमा दशैँको टीकाको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ ।

यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो ।

विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिएका हुन् ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार