२०८३ वैशाख १८ , शुक्रबार 2, May 2026, Saturday

देशभर स्थानीय वायुको आंशिक प्रभाव, कहाँ-कहाँ हुनेछ बर्षा ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ९ गते बिहीबार

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ ।

यस्तै, बागमती र गण्डकी प्रदेशको केही तथा कोशी, मधेस र लुम्बिनी प्रदेशको थोरै स्थानहरू तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली हुनेछ ।

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखले जनाएको छ ।

कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार