२०८३ वैशाख १८ , शुक्रबार 2, May 2026, Saturday

सामाजिक सुरक्षा परिचयपत्रको नवीकरण समय बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ६ गते सोमबार

सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधिसम्म बढाएको छ । यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरी समयावधि बढाएर असोज मसान्त कायम गरिएको हो ।

सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत सरकारले यस्तो व्यवस्था ल्याएको हो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । ‘सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ को उपनियम (१) मा रहेका भदौ मसान्तभित्र भन्ने शब्दहरूको सट्टा असोज मसान्तभित्र भन्ने शब्दहरू राखिएका छन्’, राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार