धेरै किसान र पशुपालकहरूले बीमा गरे पनि दाबी प्रक्रियामा आवश्यक कागजातबारे थाहा नपाउँदा क्षतिपूर्ति पाउन नसकेको पाइन्छ । बीमा नियम अनुसार, बीमालेखमा उल्लेख भएको समयसीमा भित्र वा सकेसम्म छिट्टै बीमा कम्पनीलाई हानी–नोक्सानीबारे जानकारी दिनुपर्छ ।
दावी गर्न आवश्यक कागजातहरू
१. दाबी फारम – सम्पूर्ण विवरणसहित भर्नुपर्ने ।
२. बीमालेखको प्रति – पूर्ण क्षतिको हकमा सक्कल बीमालेख, आंशिक क्षतिको हकमा छायाप्रति
३. छिमेकीको मुचुल्का – कम्तीमा पाँच जनाको हस्ताक्षरसहित ।
४. वडा कार्यालयको सिफारिस
५. बीमालेखमा उल्लेख भएअनुसारको अद्यावधिक अभिलेख
बीमाका प्रकार
१. कृषि बीमा – धान, मकै, गहुँ, मुसुरो, तोरी, सूर्यमुखी, तरकारी, च्याउ, फलफूल, फूल, मसला, घाँसे बाली जस्ता बालीमा हुने हानी–नोक्सानीको बीमा ।
२. पशुपन्छी बीमा – गाई, भैंसी, भेडा, बाख्रा, कुखुरा, हाँस, सुँगुर, माछा लगायत पशुपन्छीको बीमा ।
३. जडिबुटी बीमा – टिमुर, हर्रो–बर्रो, लौठसल्ला, पाँचऔँले, जटामसी, चिराइतो, मेन्था, पुदिना, घ्युकुमारी आदि जडीबुटीमा हुने हानीको बीमा ।
दाबी गर्न आवश्यक कागजातहरू
१. दाबी फारम – सम्पूर्ण विवरणसहित भर्नुपर्ने ।
२. बीमा लेखको प्रति – पूर्ण क्षतिको हकमा सक्कल बीमालेख, आंशिक क्षतिको हकमा छायाप्रति
३. छिमेकीको मुचुल्का – कम्तीमा पाँच जनाको हस्ताक्षरसहित ।
४. वडा कार्यालयको सिफारिस
५. बीमालेखमा उल्लेख भएअनुसारका अद्यावधिक अभिलेख
कुन-कुन जोखिममा बीमा लागू हुन्छ ?
- आगलागी र चट्याङ
- भूकम्प
- बाढी, डुबान, पहिरो
- आँधीबेहरी, हिउँ, असिना, तुसारो
- रोग र किरा
आकस्मिक वा दुर्घटनाजन्य कारण
यसरी आवश्यक कागजात समयमै बुझाएर प्रक्रिया पुरा गरेमा बीमित किसान वा पशुपालकले बीमाबाट सहजै क्षतिपूर्ति पाउन सक्छन् ।
सत्यपाटी