दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ तह) टंकबहादुर कार्की घुससहित पक्राउ परेका छन् । कार्कीले सेवाग्राहीसँग मागेको रकम लिइसकेको अवस्थामा असोज २ गते सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–९, मंगलगढी चोकबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
सडक स्तरोन्नती तथा निर्माण सम्पन्नपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग कार्कीले रु.एक लाख रुपैयाँ घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार
सत्यपाटी