२०८३ वैशाख १७ , बिहीबार 1, May 2026, Friday
साहित्य

बलिदानको मूल्य

के सोचेर जाग्यौं ? के बुझेर लाग्यौं ? किन र कस्लाई पछ्यायौं आफैं अन्योलमै थियौं सायद,
कमला डिसीकमला डिसी । साहित्यकार । २०८२ असोज ३ गते शुक्रबार

आफ्नालाई आँखाको पानी र घाँटी नसुकुन्जेल रूवायौ,
देख्नेलाई अनूभूत गर्न, लेख्न र बोल्नै नसक्ने गरि निशब्द बनायौ,

के सोचेर जाग्यौ ?
के बुझेर लाग्यौ ?
किन र कसलाई पछ्यायौ ?
सायद आफै अन्योलमै थियौ,
स्वयंमलाई अझै दोषी बनायौ,
पोषाकमै अमूल्य जीवन गुमायौ,

संसारभर चलिरहेको आफ्नै समूहको क्रियाकलापले तिमीलाई छोएछ,
उमेर अनूरूपको सोंच, असन्तुष्टी र बिद्रोहले नै तिमीहरूलाई एकजुट गराएछ,
आंकलन पनि थिएन होला एकरत्ती तिमीलाई आफैंलाई गुमाउँदैछु भन्ने,
तिम्रो उमेर र तिम्रो उर्जा उपयोग गर्दै तिमीलाई अरू कसैले ढाल बनाएछ,

हेर त तिमी खरानी हुन नपाउककदै त्यता,
तिम्रै बलिदानको यता ब्यापार चल्दैछ,
तिम्रो लासमा टेकेर आ–आफ्ना अभिष्ट पूरा गर्न हानाथाप बढ्दैछ,
तिमीबाट बगेको रगत सुकेको छैन कतै,
तिम्री आमाको अुाशु रोकिएको छैन अझै,

बिभिन्न बहाना, शंका र आरोप प्रत्यारोप बिच तिम्रो मातृभूमि पुनः गल्दैछ,
कर्तब्य भन्दै अधिकार पाएकाहरूले मानवीयतानै भूल्न पूगेछन्,
निश्छल, निहत्था मुनाहरूमाथि आ–आफ्ना फोहोरी खेल रचेछन्,
जे रोपिन्छ त्यहि पाइन्छ भन्ने हेक्का किन राखेनन् पापीहरूले कहिल्यै ?

काख रित्याएर, सिन्दूर पुछेर आफ्ना कुत्सित ईच्क्षा पुरा गरेछन्,
किन बिर्सिन्छौ आफ्नो कर्मफल सात जन्म लगाएर पनि भोग्नैपर्छ,
उम्रेर, जागेर, बढेर, फूलेर एकदिन फूललाई पनि त झर्नैपर्छ,
दया, माया, प्रेम, सद्भाव र मानवीयता सकिँदै जादैंछ बिस्तारै,
पद र पैसाले अमर बनाउककदैन कसैलाई, सबैलाई एकदिन अवश्य मर्नैपर्छ ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार