२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

जनमतमा सामूहिक राजीनामा, सिके राउतलाई संकट

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २ गते बिहीबार

जनमत पार्टी फेरि अहिले विवादमा फसेको छ । अध्यक्ष डा.सिके राउतको नेतृत्वविरुद्ध खुलेर असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा.शरदसिंह यादवसहित पार्टीका ६ जनाले सामूहिक राजीनामा दिएको घटनाले जनमतभित्रको असन्तोषलाई अझ उजागर गरिदिएको हो ।

बुधबार दिन मात्रै अध्यक्षको राजीनामा मागेका उनीहरूले २४ घण्टा नबित्दै पार्टीसँगैको नाता तोड्नु, आन्तरिक खिचातानीले अब असह्य रूप लिएको स्पष्ट संकेत देखिएको छ । राउतले जेन्जी पुस्ताले बगाएको रगतको अपमान गरे । पार्टी अध्यक्षले आफ्ना कार्यकर्ताको आवाजलाई सुन्नुभन्दा सामाजिक सञ्जालमार्फत अहंकारपूर्वक जवाफ फर्काएको उनीहरूको गुनासो छ ।

पत्रमा अगाडि भनिएको छ, ‘हामी कुनै प्रकारको पद स्वार्थको राजनीतिमा सामेल नहुने स्पष्ट धारणा राख्दछौँ । जनभावना तथा नयाँ पुस्ताको चाहनाअनुरूप उहाँहरूकै नेतृत्वमा हामी सामेल भई सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत गर्दछौँ ।’

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार