२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

‘शीर्ष नेताहरूको कारण लोकतन्त्र असफल, अब राजीनामा दिनुपर्छ’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २ गते बिहीबार

वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठुला राजनीतिक दलका शीर्ष नेताहरूकै कारण लोकतन्त्र असफल भएकाले उनीहरूले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नेतृत्व गरिरहेका नेताहरूको असफलता जनआन्दोलनले पुष्टि गरिसकेको छ ।

उनले नेता र नेतृत्वको विरुद्धमा जनता सडकमा उत्रिनु नै उनीहरूको असफलताको प्रमाण भएको जिकिर गर्दै भने, ‘कांग्रेस र एमालेको नेतृत्व गर्नेहरूले सरकारको पतनसँगै आफ्नो पार्टीमा राजीनामा बुझाउनुपर्ने हो, तर त्यो भएन । आन्दोलनमा टेकेर यत्रो अपराध, तोडफोड, हत्या भएको छ । उनीहरू पूर्णरूपमा राजकाज चलाउन असफल भए ।’ उनले सत्ता बाहिर रहेर पनि जनसमर्थन गुमाएको माओवादी नेतृत्वलाई समेत कठोर रूपमा आलोचना गरे ।

वरिष्ठ राजनीतिक विश्लेषक आचार्यले भने, ‘पार्टी दुब्लाएर हात्तीबाट मुसा भइसक्दा पनि अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व छोड्न सकेका छैनन् । लोकतन्त्र उनीहरूको नेतृत्वमा असफल भएको हो । आचार्यले तीनै ठुला दलका नेताहरूलाई अब आफ्नै असफलता स्वीकार गरी स्वेच्छाले बिदा दिन आग्रह गरे । उनका अनुसार पार्टी कार्यकर्ताले सचेत भएर शीर्ष नेताहरूलाई बिदाइ नगरे लोकतन्त्र थप संकटमा पर्नेछ ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार