विजया दशमी २०८२ का लागि सस्तो पसलदेखि अग्रिम टिकट बुकिङसम्मको तयारी भइरहेको छ । आगामी साता सोह्र श्राद्ध सकिएर घटस्थापनासँगै दसैँ सुरु हुँदैछ । यसपल्ट १६ असोजमा दशैंको मुख्य दिन अर्थात् टीकाको दिन परेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी टीकाको उत्तम साइत १६ असोजको बिहान ११ बजेर ५३ मिनेटलाई तोकेको छ । दुर्गा पक्षको सुरुवात ६ असोजमा हुनेछ, जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ९ बजेर १३ बजे घटस्थापना गर्ने साइत छ ।
विजयादशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः५३ बजेको साइत दिइएको समितिले जनाएको छ ।
प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार
सत्यपाटी