२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

जेनजी आन्दोलन : क्षतिको बीमा दाबी ३० अर्ब नाघ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २ गते बिहीबार

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण निजी तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिको बीमा दाबी करिब ३० अर्ब रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेका दाबीहरूको यो रकम हालसम्मकै अनुमानित तथ्यांक हो ।

आन्दोलनका क्रममा ठूलो मात्रामा जनधनको क्षति भएको थियो । निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीका घटनाहरू भएका थिए, जसले गर्दा निर्जीवन बीमा तथा रि–इन्स्योरेन्स कम्पनीहरूलाई अर्बौंको दायित्व पर्न सक्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आन्दोलनले पु¥याएको क्षतिको पूर्ण मूल्यांकन अझै भइनसकेको छ । हालको अनुमानित ३० अर्बको दाबी रकमभन्दा थप दाबी पर्न सक्ने सम्भावना रहेको प्राधिकरणको भनाइ छ ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार