२०८२ चैत १ , आइतबार 15, March 2026, Sunday

प्रहरीमा ४८ एसपी र ९० डीएसपीको सरुवा, बाँकेमा अंगुर (अरु को कहाँ सूचीसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २ गते बिहीबार

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको गृहमन्त्रालय ओमप्रकाश अर्यालले सम्हालेलगत्तै देशभर प्रहरी कर्मचारीको व्यापक हेरफेर गरिएको छ । बुधबार सार्वजनिक सूचीमा ४८ जना प्रहरी उपरीक्षक (एसपी) र ९० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरिएको हो । योसँगै एसपी इन्चार्ज रहने धेरै जिल्लामा नेतृत्व हेरफेर भएका छन् ।

लामो समयदेखि इन्चार्ज नपाएका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसी बाँके सरुवा भएका छन् । मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेबे, सप्तरीमा गौतमकुमार केसी, दाङमा दीपेन्द्र श्रेष्ठ र पाल्पामा दीपेन्द्र पंजियार थारु सरुवा भएका छन् । अन्य विभिन्न कार्यालय अन्तर्गतका एसपीहरूलाई पनि सरुवा गरिएको छ ।

प्रहरी उपरीक्षक (एसपी)

Skip to PDF content

प्रहरी नायब उपरीक्षक (डीएसपी)

Skip to PDF content
प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार