२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

जेनजी सहिदहरूको राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ ! (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ३१ गते मंगलबार

जेनजी आन्दोलनका क्रममा मृत्युवरण गरेकाहरूको आज शवयात्रा गरिएको छ । महाराजगन्जदेखि पशुपतिसम्म शवयात्रा गरी सहिदहरूको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार पनि गरिएको छ ।

शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ तथा गृहमन्त्री ओमप्रकाश अर्यालसमेत सहभागी भएका थिए । जेनजी आन्दोलनमा हालसम्म सबैतर्फका गरी ७२ जनाले ज्यान गुमाएका छन् । यस आन्दोलनका मृतकहरूलाई सरकारले सहिद घोषणा गरेको छ । यसअघि हिजो हुने भनिएको शवयात्रा आजलाई सारिएको थियो ।

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार