२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

सुकिला नोट सटहीमा छैन खासै चासो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ३१ गते मंगलबार

दशैँँका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही शुरु गरेपनि नोट सटहीमा सर्वसाधरणको चासो कम छ । राजनीतिक संक्रमणको अवस्थाका कारण पनि नोट सटहीमा चहलपहल कम देखिएको हो । विगतको दशैँँहरूमा नयाँ नोट सटहीको लागि सर्वसाधारणको भीड लाग्ने गर्दथ्यो ।

नेपाल राष्ट्र बैंकले आइतबारदेखि सुकिला नोट वितरण गर्न शुरु गरेको छ । असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले प्रतिप्याकेट १८ हजार ५०० रुपैयाँको सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । थापाथलीस्थित नेपाल राष्ट्र बैंक, राष्ट्र बैंकका प्रदेश कार्यालयहरूबाट सुकिला नोट वितरण भइरहेको छ ।

राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट समेत सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गएर नोट सटही गर्नसक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

यसअघि राष्ट्र बैंकले दशैँका लागी भनेर नयाँ नोट छाप्ने गरेको थियो तर गत वर्षदेखि भने खर्च व्यवस्थापनको लागी भन्दै नयाँ नोटलाई बन्द गरेको हो । यस पटक पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले झुत्रा, जलेका तथा दाबी नोटहरू भने दशैँँ पछाडि मात्रै वितरण गरिने जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार