भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा गाडी दुर्घटना हुँदा चारजना नेपालीको मृत्यु भएको छ । सल्यानको कुमाख गाउँपालिका–४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको सवारी दुर्घटनामा मृत्यु भएको हो ।
हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको माओवादी केन्द्रका नेता रमेश मल्लले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सल्यान प्रहरीले भने यसबारे कुनै पनि जानकारी आफूहरूलाई अहिलेसम्म प्राप्त नभएको जनाएको छ ।
प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार
सत्यपाटी