२०८३ जेठ २४ , आइतबार 8, June 2026, Monday

संसद् विघटन : ३० भन्दा बढी विधेयक वेवारिसे, के हुन्छ प्रहरी ऐन ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ३१ गते मंगलबार

जेनजी आन्दोलनपछि संसद विघटन हुँदा छलफलमा रहेका ३० भन्दा बढी विधेयकहरु अहिले वेवारिसे भइरहँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ऐनपनि अलपत्र परेको छ । प्रहरी नियमावली अनुसार आउदो कात्तिक २७ गते वर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ घर जाँदैछन् । उनी पछि को आइजीपी बन्ने भन्ने नेपाल प्रहरीमा रस्साकस्सी चल्दैछ ।

तर सशस्त्र प्रहरीमा पनि आउदो चैतबाट को प्रहरी महानिरीक्षक बन्ने भन्ने अर्को रस्साकस्सी छ । यहिबेला संसदबाट बन्ने प्रहरी ऐन अलपत्र बनेको छ । प्रहरी ऐन अलपत्र बनेपछि ३० वर्षे सेवा अवधिलाई लम्ब्याउने चाहनेहरु पनि निराश भएका छन् । प्रहरी ऐन मात्र होइन संसद विघटनको जेनजी पुस्ताले गरेको आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएसँगै छलफलमा रहेका ३० वटा विधेयक निष्कृय भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले नियुक्ति लगत्तै पहिलो निर्णयबट प्रतिनीधिसभा विघटन गरेपछि छलफलमा रहेका विधेयकहरु निस्कृय भएका हुन् । प्रतिनिधिसभाको विधेयक प्रतिनिधिसभा विघटन भएपश्चात् निष्क्रिय हुन पुगेका विधेयकहरुको संख्या ३० रहेको छ । जसमा प्रतिनिधि सभामा उत्तपति भएका सरकारी २१ वटा विधेयक र गैरसरकारी दुई वटा विधेयक रहेका छन् ।

२०७९ मंसिर ४ मा सम्पन्न चुनावबाट आएको प्रतिनिधिसभामा उत्पति भएका जम्मा २३ वटा विधेयक निष्क्रिय भएका हुन् । राष्ट्रियसभामा उत्पति भएका सात वटा विधेयक पनि निष्कृय भएका छन् । राष्ट्रियसभामा उत्पति भएर पारित भएर प्रतिनिधिसभामा आएका सात वटा विधेयक पनि निष्कृय हुन पुगेका हुन् । प्रतिनिधिसभा विघटन भएको अवस्थामा प्रतिनिधिसभामा विचाराधीन रहेका वा प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा गएका निष्क्रिय हुने प्रावधान छ ।

यस्तो प्रावधान संविधानको धारा १११ मा छ । ‘कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधिसभामा पारित भई राष्ट्रियसभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधिसभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ,’ संविधानको धारा १११ को उपधारा १० मा भनिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार