२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

अध्ययनका लागि एक महिनामा विदेशियो १४ अर्ब ३१ करोड

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ३१ गते मंगलबार

देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिने क्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आवको पहिलो महिनामा अध्यनयका लागि १४ अर्ब ३१ करोड व्यय भएकामा गत आवको सोही अवधिमा १४ अर्ब ९६ करोड थियो ।

चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय दुई दशमलव आठ प्रतिशतले कमी आई २१ अर्ब ७० करोड पुगेको छ । यस्तै, अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २२ अर्ब ३२ करोड रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय रु १३ अर्ब ३९ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु १५ अर्ब छ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२ दशमलव सात प्रतिशतले वृद्धि भई पाँच अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार अर्ब ७७ करोड थियो ।

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार