२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

भारतबाट बढेर आएको पेट्रोलियम पदार्थको मूल्य, नेपालमा किन राखियो यथावत् ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ३१ गते मंगलबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । आसन्न चाडपर्व र मुलुकको हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट सोमबार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ २९ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा बढेर आएको थियो ।

‘इन्डियन आयल कर्पोरेसनबाट सोमबार (१४ सेप्टेम्बर) पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ २९ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा बढेर आएको छ । आसन्न चाडपर्वको अवसर र मुलुकको हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत् राखिएको छ,’ निगमले भनेको छ ।

निगमका अनुसार, हाल पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, डिजेल तथा मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १४२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको प्रतिलिटर १४४ रुपैयाँ र तेस्रो वर्गको १४५ रुपैयाँ कायम गरिएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार