नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले स्वकीय सचिवालय नराख्ने बताएका छन् । आज अर्थ मन्त्रालयमा पदभार ग्रहणपश्चात् आफ्ना लागि एक सवारी चालकमात्रै भए पुग्ने बताएका हुन् ।
गाडीमा हिँड्दा पनि फोनमा कुरा गर्नुपर्ने भएकाले चालक चाहिने उनले बताए । अर्थमन्त्री खनालले पुनःनिर्माण र निवार्चनको लागि बजेट व्यवस्था गर्नको लागि पूरक बजेट ल्याउने कि चालु आर्थिक वर्षकै बटेजबाट स्रोत कटौती गर्ने भन्ने सोचेर निर्णय गर्ने बताएका छन् ।
खनालले सरकारको फजुल खर्च रोक्ने पनि बताएका छन् । उनले भने, ‘पूर्वतयारी नरहेका आयोजनाहरूको काम अगाडि बढाउँदैनौं । तयारी नभएका टुक्रे आयोजना खारेज गर्छौं । फजुल खर्च मूल्याङ्कन गरेर काम गर्छौं ।’
आफूहरूले आयोगमार्फत दिएका सुझाव कार्यान्वयन गर्नसमेत तत्पर रहेको उनले बताए । अर्थ मन्त्रालय परिसरमा रहेको भग्नावशेष तुरुन्तै हटाएर काम सुरु गर्ने र खरानीबाट जाग्यौं भन्ने सन्देश अर्थ मन्त्रालयबाटै दिने उनले बताए ।
सत्यपाटी