२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

विद्युत् प्राधिकरणबाट निकालिएका कुलमान साढे पाँच महिनामै बने ऊर्जामन्त्री

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ३० गते सोमबार

तत्कालीन सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको साढे पाँच महिनामै कुलमान घिसिङ ऊर्जामन्त्री बनेका छन् । जेनजी आन्दोलनको बलमा ऊर्जामन्त्री बनेका घिसिङलाई केही बेरअघि राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जामन्त्रीको शपथ गराएका हुन् ।

गएको चैत ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई विद्युत् प्राधिकरणको निर्देशकबाट बर्खास्त गरेको थियो । कुलमान २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए ।

नेपाललाई लोडसेडिङ मुक्त गर्न सकारात्मक भूमिका निर्वाह गरेको भन्दै आम नागरिकले कुलमानको प्रशंसा गर्दै आएका छन् । २०७३ साल असारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र माओवादीकै नेता जनार्दन शर्मा ऊर्जामन्त्री भएको बेला घिसिङ पहिलोपटक प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार